एक सातामा सहमति हुन्छः नेम्वाङ

इलाम, १४ फागुन । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले दलहरु एकजुट भए समयमै संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।
गृह जिल्ला इलाममा आज सामुदायिक रेडियो इलाम एफएमको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै नेम्बाङ्गले शान्ति प्रक्रिया र सविंधान लेखन कार्य अन्तिम बिन्दुमा पुगेर अड्किएको बताए । उनले अड्किएका बिषय सूचारु गराउन अब प्रमुख दलहरु एकै थलोमा उभिएर अगाडी बढ्नु पर्ने बताए ।
‘सधैँ झगडा गरीरहेने हो भने लक्ष्यमा पुग्न सकिंदैन ।’ अध्यक्ष नेम्बाङ्गले भने, ‘जसरी पनि आगामी जेठ १४ गतेसम्ममा नेपाली जनताले नयाँ संविधान पाउनै पर्छ ।’ उनले सविंधान सभामा विवादित विषयहरु शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्य पुर्नसंरचनामा दलहरु सहमति नजिक पुगेको दाबी गरे ।
सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेतालाई भेटेर कुरा गर्दा अबको एक हप्ता भित्रमा महत्वपूर्ण निर्णय आउने आफूलाई जानकारी गराएको नेम्वाङको भनाई थियो ।
सविंधान निर्माणको अभिभारा पूरा गर्नकै लागि आफू विदेश भ्रमण गर्न छोडेको बताएका नेम्वाङले कैयौ ठाउँबाट आफूलाई निमन्त्रण आएकोमा अस्वीकार गरेको बताए ।
संक्रमणकाल जति लम्वियो त्यत्ति नै बढी मुलुकलाई बेफाइदा हुने बताएका नेम्बाङ्गले दल र नेताहरुलाई पनि विदेशको यात्रा विर्सी संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन लाग्न अनुरोध गरे ।

प्रतिक्रिया