पेय पदार्थ सलाइसमा किरा

कैलाली, १४ फागुन । बहुराष्ट्रिय कम्पनी पेप्सीले उत्पादन गरेको सलाइसको बोत्तलमा किरा भेट्टिएको छ । धनगढीको धामी चिया पसलमा २ सय ५० मिलिमिटरको बोत्तलमा किरा भेट्टिएको हो ।
चिया पसलले अर्जुन धामीले गर्मीसँगै धनगढीमा छैटौं राष्ट्रिय खेलको कारण मान्छेको चहलपहल बढेकोले पेय पदार्थको माग बढी हुने गरेकोले शनिबार पेप्सीको डिलरबाट उक्त सलाइस खरिद गरेको बताए ।
आज बिहान चिया खान पसलमा आएका खेलाडी तथा सञ्चारकर्मीहरुको पेय पदार्थको माग गर्दा दिँदा खेरि बोत्तलमा कालो वस्तु देखे पछि धामीले शङ्का लागेर होटलमा रहेकाहरुलाई देखाएका थिए । पेप्सी जस्तो बहुराष्ट्रिय कम्पनीको बोत्तलमा अद्याय वस्तु भेटिनुले मान्छेको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड भइरहेको पुष्टी भएको राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बताए ।
उनले उपभोक्तावादीहरुले धनगढीस्थित उक्त कम्पनीको बिक्रेतालाई बोलाएर आवश्यक जानकारी र सोधपुछ गर्ने बताएका छन् । किरा भेट्टिएको बोत्तल पसलमा सुरक्षित रुपमा राखिएको छ ।

प्रतिक्रिया