शिक्षक आन्दोलनले स्कुल बन्द

काठमाडौं, १४ फागुन । शिक्षकहरुको आन्दोलनका कारण मुलुक भरिको पठन पाठन प्रभावित भएको छ । विद्यालय बन्द हुँदा विद्यार्थीले मर्का बेहोर्नुपरेको छ ।
बिभिन्न ४७ सुत्रीय माग राखेर आन्दोलनमा उत्रिएको शैक्षिक गणतान्त्रिक मन्च र शिक्षक युनियनले आज मुलुकभरीका शिक्षण संस्थाहरुको पठन पाठन बन्द गराएका छन् । बिद्यालय बन्द भएपछि लाखौ विद्यार्थी मर्कामापरेका छन् । मन्चले अस्थायी शिक्षकलाई प्रक्रिया पुराएर स्थायी गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
शिक्षक आन्दोलनले नजिकीदै गरेको एसएलसी परिक्षालाई समेत प्रभाव पार्ने भन्दै अभिभावकहरुले चिन्ता जनाएका छन् ।

प्रतिक्रिया