सुनसरी र सर्लाहीमा आगलागीबाट ३५ घर नष्ट

विराटनगर १३ फागुन । सुनसरी र सर्लाहीमा शनिवार भएका आगलागीका घटनामा ३५ घर जलेर नष्ट भएका छन् ।
सुनसरीको मध्यहर्षाही र राजगंज सिनवारी गाविसमा आज भएको आगलागीमा १० घर जलेर नष्ट भएका छन् ।
दुवै गाविसको सीमाना जोडिएको एउटै वडा भएको वस्तिमा सुत्केरीलाई खाना पकाउने क्रममा दिउँसो आगो सल्किदा आगलागी भएको हो ।
स्थानीय रामेश्वर मेहताको घरवाट सल्केको आगोले १० घरपरिवारको लत्ता कपडा, भाँडाकुँडा र खाद्यन्न जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ ।
आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ । क्षतिको पूर्ण विवरण आईसकेको छैन ।
यसैवीच, सर्लाहीको छटौल गाबिसका वडा नम्बर ८ र ९ स्थित दिलिप रायको घरबाट शनिवार मध्यान्ह आगलागी हुँदा टोलमा रहेका २५ घर जलेर नष्ट भएका छन् । प्रहरी समाचार कक्षका अनुसार २५ वटा फुसका घरमा आगलागी भई घरहरु पूर्णरुपमा नष्ट भएका छन् । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ । क्षतीको विवरण लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया