शीर्ष तीन दलको बैठक स्थगित

काठमाडौं, १३ फागुन । बिभिन्न आयोग गठन, शान्ति र संविधानका बिषयमा तयार पारिएका सहमति प्रस्तावमा छलफल गर्न आजका लागि तय भएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।
शीर्ष नेताहरुको व्यस्तताका कारण बैठक स्थगित गरिएको स्रोतले जनाएको छ । बैठक भोलि बस्ने छ ।  शान्ति प्रक्रिया र लडाकु समायोजन एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, बिभिन्न आयोग गठन कांग्रेस सभापति सुशील कोइराला तथा संविधानका बिवादित बिषयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिको प्रस्ताव ल्याउन शुक्रवार मात्रै तीन दलबीच बिषय बाँडफाँड भएको थियो ।
शीर्ष नेताहरुले ल्याउने सहमतिको प्रस्तावमा छलफल गरेर शान्ति, संविधान र आयोग बनाउने बिषयमा ठोस निर्णय गरेर जाने सहमति यस अघि भईसकेको छ ।

प्रतिक्रिया