शान्ति प्रक्रियामा अमेरिकी सहयोग यथावत

फागुन, १२ फागुन । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत प्याट्रिसिया ए. माहोनी र शान्ति तथा पुनःनिर्माण मन्त्री सत्य पहाडीबीच शान्ति प्रक्रियालाई लिएर छलफल भएको छ ।
शान्ति मन्त्रालय सिंहदरबारमा शुक्रावर भएको भेटमा कार्यबाहक अमेरिकी राजदूत माहोनीले नेपालको शान्ति प्रक्रिया ठीक ढंगले अघि बढिरहेकोमा खुशी व्यक्त गरेको भेटपछि जारी विज्ञप्तीमा उल्लेख छ । राजनीतिक दलहरुको तत्परतामा शान्ति र संविधानको कामले अझै तीव्रता पाउनेमा राजदूत माहोनीले विश्वास व्यक्त गरेका छन् ।
शान्ति प्रक्रियामा अमेरिकाले सदैब सहयोग गर्दै आएको स्मरण गराउँदै अमेरिकी राजदूत माहोनीले आगामी दिनमा अझ थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया