अवैध काठ ओसार्दै गर्दा ट्याक्टर दुर्घटना

दाङ, १२ फागुन । अवैध सालको चिरान काठ ओसारपसारका क्रममा पश्चिम दाङको पञ्चकुलेमा टेक्टर दुर्घटना हुँदा चालक सहित तीन जना गम्भिर घाइते भएका छन । पञ्चकुल गाविसस्थित सातपोखरीहुरुम सामुदायिक वनबाट सालको चिरान काठ बजारतर्फ ल्याउदै गर्दा भालुडाडा भन्ने स्थानमा रा १ त ७६० नम्वरको टेक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी टेक्टरका चालक, सहचालक र पञ्चकुले ८ ढोलपुरका इन्द्रबहादुर डागी घाइते भएका छन । डागीलाई लखनउ र अन्य दुइ जनालाई उपचारका लागि काठमाडौ लगिएको छ ।
दुर्घघटना भएलगत्तै अवैध ढंगले ल्याएको काठ स्थानीय सिद्धेश्वरी निमावि सिमलखुट्टीमा राखिएको छ । अवैध काठ पक्रने डरले स्थानीय केहिले विद्यालयलाई दिन ल्याएको बनावटी कागज बनाउने प्रयास गरिएको स्थानीय एक उपभोक्ताले जनाएका छन ।
यसअघि पनि सो समूहबाट पटकपटक अवैध काठ कटानी एंव ओसारपसार हुदै आइरहेको थियो ।
यसैबीच जिल्ला वन कार्यालय दाङले देउखुरीबाट अवैध ३४ क्यु फिट काठ सहित पाच जनालाई पक्रेको छ ।

प्रतिक्रिया