काठमाडौं, ३० चैत । संविधानसभाको बैठक फेरि स्थगित भएको छ । बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।
शोक प्रस्ताव पारित गरेर स्थगित भएको संविधानसभाको अर्को बैठक वैशाख ६ गते बस्नेछ । अघिल्लो पटक चैत २९ गते बसेको बैठकले पनि शोक प्रस्ताव मात्रै पारित गरेको थियो ।
२०४८ र २०५१ सालका निर्वाचित सांसद् तथा पूर्व गृहराज्यमन्त्री सलिमयाँ अनसारीको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको हो ।
चैत २९ गते बसेको बैठक एमाले नेता तथा पूर्व सभासद् रामनाथ ढकालको शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।
प्रतिक्रिया