उपाधि जित्न अस्ट्रेलियालाई चाहियो १८४ रन

world cup

काठमाडौं, १५ चैत । आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच भइरहेको छ । न्युजिल्यान्डले अस्ट्रेलियालाई १८४ रनको विजय लक्ष्य पेस गरेको छ ।

मेल्बर्नमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले ४५ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सकेको हो । न्युजिल्यान्डका लागि ग्रान्ट इलियटले सबभन्दा धेरै ८३ रनको योगदान दिए । त्यस्तै, रस टेलर ४०, मार्टिन गुप्तिल १५, केन विलियम्सन १२, टिमोथी साउथी ११ र ड्यानियल भिटोरीले ९ रन बनाए ।

अस्ट्रेलियाका लागि जेम्स फल्कर र मिचेल जोन्सन ३–३, मिचेल स्टार्क २ र ग्लेन म्याक्सवेलले १ विकेट लिए ।

दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको न्युजिल्यान्डको कमजोर ब्याटिङले गर्दा पहिलोपटक उपाधि चुम्ने सपना धरमराएको छ भने भारतलाई हराएको अस्ट्रेलिया पुनः उपाधिको सम्भावित दाबेदार देखिएको छ ।

 

 

प्रतिक्रिया