लडाकु हस्तान्तरण राष्ट्रिय सहमतिको संकेत

काठमाडौं, ३० चैत । एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीका लडाकु र हतियार राज्यको माताहत ल्याउने बिषेश समितिको पछिल्लो निर्णयले राष्ट्रिय सहमतिको वातावरण तयार भएको बताएका छन् ।

शान्ति र संबिधान निर्माणमा सिराहका स्थानीय दलका प्रतिनिधिसंगको आज भएको टेलिफोन बार्तामा क्रममा खनालले दलहरुका बीच सहमतिको उपयुक्त वातावरण तयार भएको दाबी गरे ।

खनालले आफूले उठाउँदै आएको राष्ट्रिय सहमतिको एजेण्डामा ढिला नगरी संविधान निर्माणमा देखा परेका बिबादहरु समाधान गर्न सुझाव दिएको उनको निजी सचिवालयले जनाएको छ ।

एमाले सिराहका अध्यक्ष लिलानाथ श्रेष्ठ, एकीकृत माओवादीका जिल्ला ईन्चार्ज हरिनाराण चौधरी, मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष  किशोरी  यादवलगायतसंग खनालले सुझाव लिएका थिए ।

उनीहरुले सुझाबका क्रममा दुई दिन अघि बिषेश समितिले गरेका निर्णय छिटो कार्यान्वयन गर्न भनेका थिए ।

प्रतिक्रिया