काठमाडौं, १३ चैत । उद्योग मन्त्रालयले चालु सिजनका लागि उखुको प्रवर्द्धन मूल्य ४६१ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता यामकुमारी खतिवडाद्वारा जारी विज्ञप्तिमा कृषि विकास मन्त्रालय, चिनी उत्पादक संघ र उखु उत्पादक संघलगायत सरोकारवालासँगको सल्लाहमा मूल्य निर्धारण गरिएको उल्लेख छ ।
मन्त्रालयले चिनी उत्पादक संघ र उखु उत्पादक संघ सम्बद्ध व्यक्तिलाई तोकिएको मूल्यमा मात्रै उखु खरिद र बिक्री गर्न आह्वान गरेको छ ।
प्रतिक्रिया