बैशाख ११ काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा सहिद प्रतीक स्मृति केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका लागि बनाइन लागेको आवासगृहका लागि जग्गा हस्तान्तरण गरिएको छ ।
झापाका उमापति दवाडीले करिब ५० लाख रुपिया पर्ने आफ्नो झापामै रहेको तीन कठ्ठा जग्गा सहिद तथा घाइते नागरिक समन्वय समितिका उपाध्यक्ष भोजराज गौतमलाई हस्तान्तरण गरे । दवाडीलाई सम्मान गर्दै नेकपा–माओवादीका सचिव देव गुरुङले मुलुकको राजनीतिक नेतृत्वमा परिवर्तन भए पनि विचार र संस्कृतिमा अझै पनि परिवर्तन आउन नसकेकाले मुलुकमा आमूल परिवर्तन ल्याउन अर्को आन्दोलनको जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की, नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष युवराज सफल, द्वन्द्वपीडित राष्ट्रिय समाजका अध्यक्ष ज्ञानेन्द्रराज आरन, राष्ट्रिय जनता मञ्चका अध्यक्ष सोमाराम थापा र नागरिक समाजका तर्फबाट प्रदिप पोखरेललगायत पीडितले उचित न्याय पाउने गरी विधेयक ल्याउनुपर्ने बताए ।
प्रतिक्रिया