काठमाडौं, १३ फागुन । संविधानसभा उपाध्यक्ष पदमा एमाओवादीकी ओनसरी घर्तीमगर निर्वाचित हुने पक्का भएको छ ।
संविधानसभामा पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले समेत एमाओवादी उम्मेदवार घर्तीमगरलाई समर्थन गर्ने भएपछि उनी उपाध्यक्ष हुने लगभग तय भएको हो ।
व्यवस्थापिका संसदमा निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारीको समय तोकिएको थियो । सो पदमा ओनसरीसहित दुई जनाको उम्मेदवारी परेको छ । सो पदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट अनुराधा थापामगरले पनि उम्मेदवारी दिएकी छन् । तर, अनुराधाले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने अनुमान गरिएको छ ।
एकीकृत माओवादी नेता कृष्णबहादुर महरा प्रस्तावक र कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाको समर्थनमा एमाओवादीकी घर्तीमगरले उम्मेदवारी दर्ता गरेकी हुन् । घर्ती मगरलाई एमालेको पनि समर्थन छ । उनी रोल्पा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।
नेमकिपाकी थापामगरको प्रस्तावकमा प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहेका छन् ।
सहमतिका आधारमा दलहरूले उम्मेदवारी दिन नसकेपछि बहुमतीय प्रक्रियाको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो । संविधानसभाको बुधवार बस्ने बैठकमा उपाध्यक्ष चयनको लागि निर्वाचन हुनेछ । संविधानसभाको अध्यक्षमा भने यसअघि नै एमालेका सुवासचन्द्र नेम्वाङ निर्विरोध निर्वाचित भइसकेका छन् ।
संविधानसभा उपाध्यक्षमा एमाओवादीबाट ओनसरी हुने पक्कापकी
संविधानसभा उपाध्यक्ष पदमा एमाओवादीकी ओनसरी घर्तीमगर हुने पक्कापक्की भएको छ ।
पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले समेत एमाओवादी उम्मेदवार घर्तीमगरलाई समर्थन गर्ने भएपछि उनी उपाध्यक्ष हुने पक्कापक्की जस्तै भएको हो ।
व्यवस्थापिका संसदमा संविधानसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारीको समय तोकिएको थियो । उक्त समयमा दुई जनाको उम्मेदवारी परेको छ । एकीकृत माओवादीकी ओनसरी घर्तीमगर र नेपाल मजदुर किसान पार्टीको तर्फबाट अनुराधा थापामगरको उम्मेदवारी दर्ता भएको हो । अनुराधाले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेसमेत जनाइएको छ ।
एकीकृत माओवादी नेता कृष्णबहादुर महरा प्रस्तावक र कांग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाको समर्थनमा एमाओवादीकी घर्तीमगरले उम्मेदवारी दर्ता गरेकी हुन् । घर्ती मगरलाई एमालेको पनि समर्थन छ । उनी रोल्पा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् ।
यता, नेमकिपाकी थापामगरको प्रस्तावकमा प्रेम सुवाल र समर्थकमा डिल्ली प्रसाद काफ्ले रहेका छन् ।
सहमतिका आधारमा दलहरूले उम्मेदवारी दिन नसकेपछि बहुमतीय प्रक्रियाको निर्वाचनका लागि मंगलबार उमेदवारी दर्ता गरिएको हो । संविधानसभाको आज बस्ने बैठकमा उपाध्यक्ष चयनको लागि निर्वाचन हुने छ । संविधानसभाको अध्यक्ष भने यसअघि नै एमालेका सुवासचन्द्र नेम्वाङ निर्विरोध निर्वाचित भएका भईसकेका छन् । संविधानसभाको अध्यक्ष तथा उपाध्यक्ष नै संसदको सभामुख तथा उपसभामुख हुने छन् ।
प्रतिक्रिया