‘संविधानसभा निर्वाचन सफल भयो’

काठमाडौं, १८ मंसिर । हालै भएको संविधानसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट सम्पन्न भएको दावी गर्दै सरकारले निर्वाचनमा सहभागी मतदाताप्रति आभार व्यक्त गरेको छ । सोमबारको मन्त्रीपरिषद बैठकले स्वतन्त्र ढंगबाट निष्पक्ष निर्वाचन सम्पन्न गराएको भन्दै निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, कर्मचारी र राष्ट्रिय तथा अन्र्तराष्ट्िरय संस्थाका कर्मचारीलाई धन्यवाद दिएको हो ।

बैठकले संविधानसभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा विश्वनसीय ढङगबाट सम्पन्न भई अब मुलुक राजनीतिक स्थायित्व र समृद्धितर्फ उन्मुख भएको निष्कर्श निकालेको छ। ”निर्वाचन आयोगबाट निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय ढङगबाट निर्वाचन सम्पन्न भएको छ भन्नेमा सरकार विश्वस्त छ, बैठकपछि सञ्चारमन्त्री माधवप्रसाद पौडेलले भने, ”संधिवानसभाको निर्वाचनबाट नेपाली जनतालाई आफ्नो संविधान आफैं बनाउने, स्थीर सरकार बनाउने र राजनीतिक स्थायित्व कामय गरी मुलुकलाई समृद्धितर्फ लैजाने मार्ग प्रशस्त भएको छ ।”
यसै विच बैठकले यातायात बन्दका बेला गाडी चलाउँदा ज्यान गुमाएका २ जनाका परिवारलाई जनही १० लाख रूपैयाँ दिने निर्णय गरेको छ । बारा निजगढका ट्रक चालक राजु देउजा क्षेत्री र ट्रकका सहयोगी वारा कलैयाका राकेश यादवका परिवारलाई १०–१० लाख रूपैयाँ दिने निर्णय गरेको हो। निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीले बन्दको समयमा गाडी चलाएको भन्दै ट्रकमा पेट्रोल बम प्रहार गर्दा ती दुई जनाको मृत्यु भएको थियो ।
त्यसैगरि संविधानसभा चुनावको दिन काठमाडौं भोटेवहालमा बम विष्फोट भएर घाइते भएका समिर खडगीको उपचारका लागि १ लाख ५० हजार रूपैयाँ दिने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया