भक्तपुर, १३ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभा निर्वाचनमा भारतीय राजदूतावासले खर्च गरेको पैसाका कारण भक्तपुरमा कांग्रेस उम्मेदवार निर्वाचित भएको आरोप दाबी गरेका छन् ।
भक्तपुरमा आज (बिहीबार) आयोजित कार्यक्रममा विजुक्छेले झक्तपुर–२ मा राजदूतावासको भारी रकम खर्च भएकाले कांग्रेसले जितेको आरोप लगाए । ‘भारतीय राजदूतावासले नै अन्तिम दुई दिनमा पैसाको थैलो फुकाले पछि भक्तपुर–२ मा नेमकिपा हरेको हो,’ उनले भने ।
उनले जनमत आफ्नो पार्टीको पक्षयमा भएपनि पैसाको चलखेलले गर्दा पराजय भोग्नु परेको दावी गरे । ‘पैसा चलखेलको दरीलो प्रमाण मसँग छ,’ विजुक्छेको भनाई छ ।
जातीय राज्यको नारा बोकेका एमाओवादी र मधेसवादी दललाई धक्का लागेको भन्दै विजुक्छेले कांग्रेस, एमालेभित्र समेत केही जातीय राज्य पक्षधर नेता रहेको बताए ।
प्रतिक्रिया