समानुपातिकतर्फ एमाले अगाडि

Sun-Umlकाठमाडौं, १० मंसिर । संविधानसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मुलुकभरको गणना हेर्दा भने नेकपा एमाले अग्र स्थानमा रहेको छ । एमालेले अहिलेसम्म ५ लाख ४८ हजार ५ सय५९ मत प्राप्त गरी पहिलो स्थानमा छ । नेपाली काँग्रेसले ५ लाख १० हजार ८ सय ६१ मत प्राप्त गरेको छ ।

एकीकृत नेकपामाओवादीले ३ लाख ३२ हजार ९६ मत प्राप्त गरी तेस्रो स्थानमा छ । राप्रपा नेपालले एक लाख ५९ हजार ६ सय ६८ मत प्राप्त गरेको छ । तर काठमाडौमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले अन्य पार्टी भन्दा धेरै मत प्राप्त गरेको छ । सो पार्टीले क्षेत्र नं. २ मा १५ हजार ७९० मत प्राप्त गरेको छ । नेकपा एमालेले १३ हजार ६६२ मत पाएको छ । नेपाली काँग्रेसले ११ हजार ४३ मत प्राप्त गर्‍यो । एनेकपा माओवादीले ६ हजार २९६ मत मात्रै पाएको छ । राप्रपा नेपालले क्षेत्र नं ४ मा ११ हजार ३५५ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले १० हजार २ सय ३ मत पाएको छ ।
सो क्षेत्रमा नेकपा एमालेले ६ हजार ७ सय ९६ मत पाएको छ । सो क्षेत्रमा एनेकपामाओवादीले चार हजार ९ सय ४२ मत मात्रै प्राप्त गरेको छ । त्यस्तै क्षेत्र नं. ५ मा राप्रपा नेपालले ११ हजार १ सय ८२ मत प्राप्त गरेको छ । काँग्रेसले १० हजार २ सय २८ मत प्राप्त गरेको छ । एमालेले १० हजार २८५ मत पाएको छ । एनेकपामाओवादीले सो क्षेत्रमा तीन हजार ५०२ मत पाएर चौथो स्थानमा छ । राप्रपा, नेपालले एक लाख ६ हजार ८३० मत पाएको छ । काँग्रेसले एक लाख चार हजार ७ सय ७९, एमालेले ८९ हजार २८ र एनेकपामाओवादीले ५८ हजार २ सय २० मत प्राप्त गरेको छ ।समानुपातिक प्रणालीमा मुलुकभर १ सय २२ दलले भाग लिएका छन् । सो प्रणालीमा १० हजार ७०९ उम्मेदवार छन् । यसमा पुरुष पाँच हजार ४ सय ४८ र महिला पाँच हजार २ सय ९१ छन् ।

प्रतिक्रिया