समानुपातिकमा राप्रपा नेपाल अगाडि

काठमाडौं : समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको प्रारम्भिक मतगणनामा राप्रपा– नेपालले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, २ र ५ मा कांग्रेस, एमाले र एमाओवादी भन्दा पनि अगाडि देखिएको छ । काठमाण्डौ क्षेत्र नम्बर १ मा गणना भएको ९हजार ५सय ६९ सदर मतमा राप्रपा नेपालले ३ हजार २ सय १५ मत प्राप्त गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा गनिएको ५ हजार ८ सय ६६ सदर मतमध्ये १ हजार ९ सय ६३ मत राप्रपा नेपालको पक्षमा गएको छ । त्यस्तै काठमाण्डौ क्षेत्र नम्वर ५ को मतगणनामा हालसम्म गणना भएको ७ हजार ६ सय ३१ मध्ये २ हजार ८९ मत गाइ छापमा छ । जुन प्रत्येक्षतर्फ कुल मत गणनामा पाएको मतको झण्डै आधा हो । हालसम्म गणना भएको मत मध्ये एमालेले काठमाण्डौ क्षेत्र नम्वर एक नम्बर क्षेत्रमा ९ सय ९, दुईमा १४ सय ९८ र पाँचमा २ हजार २ सय १४ मत प्राप्त गरेको छ । कांग्रेसले क्षेत्र नम्वर एकमा २९ सय ५४, दुइमा ११ सय ९१ र क्षेत्र नम्वर ५ मा १८ सय ८६ मत प्राप्त गरेको छ । एमाओवादीले १ मा ९४८, दुइमा ५९९ र पाँचमा ५९० मत प्राप्त गरेको छ । राप्रपाले भने ५ मा बाहेक १ र २ नम्बर क्षेत्रमा ५० भन्दा कम मत प्राप्त गरेको छ ।

प्रतिक्रिया