गगन थापा सबै भन्दा कान्छा सभासद

d45a1gagan-thapaकाठमाडौं, ७ मंसिर । प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर चारबाट विजयी कांग्रेसका गगन थापा सबै भन्दा कान्छो सदस्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्राप्त ५६ निर्वाचन क्षेत्रको औपचारिक परिणाम अनुसार थापा संविधानसभा सदस्यमा सबै भन्दा कान्छो रहेको आयोगले जनाएको छ । थापाको उमेर ३७ वर्ष मात्रै छ ।

त्यसै गरी, मोरङ–४ बाट निर्वाचित एमाओवादीका शिवकुमार मण्डल केवटको उमेर ३८ वर्ष रहेको छ । रुकुम–१ बाट निर्वाचित एमाओवादीका गणेशमान पुनको उमेर ४० वर्ष मात्रै रहेको आयोगको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया