मुलुक भरि एमाले/कांग्रेसबीच टक्कर(अपडेट)

Ramchandra Poudel

काठमाडौं, ६ मंसिर । मुलुक भरि जारी मतगणनामा एमाले र कांग्रेसबीच कडा टक्कर देखिएको छ । प्रतिष्प्रधामा एमाले अगाडि देखिएको छ ।
झापा–७ एमालेका केपी ओली विजयी भएका छन् । उनी १९ हजार २ सय ८६ मतसहित विजयी भएका हुन् । उनले कांग्रेसका सुरेशकुमार सुव्वालाई पराजित गरेका हुन् । सुव्वाले ११ हजार ३९ मत ल्याएका थिए ।
खोटाङ–१ मा एमालेका पीके राई विजयी भएका छन् । उनले १० हजार ८ सय २६ मत ल्याएका छन् । राईले कांग्रेसका नरेशकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ९ हजार ८ सय ४९ मत ल्याएका थिए ।
कैलाली–५ मा कांग्रेसका दीर्घराज भाट विजयी भएका छन् । उनले १६ हजार ३ सय ४६ मत पाएका छन् । उनले एमाओवादीका लेखराज भट्टलाई पराजित गरेका हुन् । भट्टले ९ हजार ३ सय ३५ मत ल्याएका थिए ।
मोरङ–५ कांग्रेसका अमृत अर्याल विजय भएका छन् । उनले ८ हजार ८ सय ४४ मत सहित विजयी भएका हुन् । अर्यालले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् । यादवले ७ हजार ९ सय ५२ मत पाएका थिए ।
मोरङ–७ मा कांग्रेसका शेखर कोइराला विजयी भएका छन् । उनले ११ हजार ३ सय ८६ मत पाएका छन् । उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारलाई पराजित गरेका छन् । गच्छेदारले ९ हजार ८ सय ५० मत ल्याएका छन् ।
कैलाली–१ मा फोरम लोकतान्त्रिकका जनक चौधरी विजयी भएका छन् । उनले ११ हजार २ सय ९४ मत ल्याएका छन् । चौधरीले कांग्रेसका रणबहादुर रावललाई पराजित गरेका हुन् । रावलले ९ हजार १ सय ४० मत ल्याएका छन् ।
रुकुम–२ मा एमाओवादीका जनार्दन शर्मा विजयी भएका छन् । उनले २२ हजार ५ सय ७५ मत ल्याएका छन् । शर्माले कांग्रेसका गोपाली जंग शाहलाई पराजित गरेका हुन् । शाहले ९ हजार ९ सय ७६ मत ल्याएका छन् ।
कपिलवस्तु–४ मा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् । आचार्यले ८ हजार ७ सय मत पाएका छन् । उनले एमालेका नेत्रराज अधिकारीलाई पराजित गरेका हुन् । अधिकारीले ६ हजार ९ सय ७१ मत पाएका छन् ।
सिन्धुपाल्चोक–२ मा एमाओवादीका अग्नि सापकोटा विजयी भएका छन् । सापकोटाले १२ हजार ८ सय ८ मत पाएका छन् । सापकोटाले एमालेका सुवास कर्माचार्यलाई पराजित गरेका छन् । कर्माचार्यले १२ हजार १ सय ५८ मत पाएका छन् ।
चितवन–३ मा एमाले कृष्णभक्त पोखरेलले जितेका छन् । उनले १५ हजार ६ सय ६१ मत ल्याएका छन् ।
रुपन्देही–३ मा कांग्रेसका बालकृष्ण खाँणले जितेका छन् । खाँडले १८ हजार ४ सय ८१ मत ल्याएका छन् । उनले एमालेका घनश्यम भुसाललाई पराजित गरेका हुन् ।
डोटी–१ मा कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । उनले १६ हजार ९ सय ५७ मत ल्याएका छन् । कञ्चनपुर–३ मा कांग्रेसका बहादुर थापा विजयी भएका छन् । उनले १२ हजार ८ सय ३६ मत ल्याएका छन् ।
रुपन्देही–५ मा कांग्रेसका भरत शाह विजयी भएका छन् । उनले १४ हजार २ सय ७४ मत पाएका थिए । शाहले एमालेका रामनाथ ढकाललाई पराजित गरेका हुन् । ढकालले १३ हजार ७ सय ६६ मत पाएका छन् ।
ललितपुर–२ मा कांग्रेसका चन्द्र महर्जन विजयी भएका छन । महर्जनले २१ हजार ९ सय ४४ मत पाएका थिए ।
तनहुँ–२ बाट कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका छन् । उनले १८ हजार ४ सय मत पाएका हुन् । उनले एमालेका किसानलाल श्रेष्ठलाई पराजित गरेका छन् । श्रेष्ठले ११ हजार ७ सय ३८ मत ल्याएका थिए ।
संखुवासभा–२ बाट कांग्रेसका दीपक खड्का विजयी भएका छन् । उनले ११ हजार ५सय ४१ मत ल्याएका हुन् ।
कपिलवस्तु–५ मा मधेशी जनअधिकार फोरम, नेपलका अभिषेश प्रताप साह विजयी भएका छन् । साहले ८ हजार ५ सय ५७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी तमलोपाका मंगलप्रसाद गुप्ताले ७ हजार ६९ मत प्राप्त गरेका छन् ।
agni sapkotaकपिलवस्तु–२ मा कांग्रेसका बागी उम्मेदवार अतहर कमाल मुसलमान विजयी भएका छन् । अतहरले ४ हजार ६ सय ७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी फोरम, नेपालका सहसराम यादवले ३ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् ।
कांग्रेस सभापति सुशील कोइराला चितवन–४ बाट संविधानसभा सदस्य निर्वाचित भएका छन् । कोइरालाले २० हजार ७ सय ६० मत पाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाओवादीका चित्रबहादुर श्रेष्ठले १० हजार ७ सय ३९ ल्याएका छन् । कोइराला बाँके–३ बाट विजयी भैसकेका छन् ।
रुपन्देही–७ मा तराई मधेस लोकतान्त्रिक पार्टीका कमलेश्वर पुरी संविधान सभा सदस्यमा निर्वाचित भएका छन् । उनले ९ हजार २ सय ६३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फकरुद्धिन खानले ६ हजार ८९ मत ल्याए ।
मुस्ताङमा कांग्रेसका रोमी गौचन थकाली १ हजार ४ सय २५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रेमप्रसाद तुलाचनले १ हजार ४ सय १ मत पाए ।
कपिलबस्तु–१ मा एमालेका बलराम अधिकारी विजयी भएका छन् । अधिकारीले १६ हजार ५ सय ४८ मत ल्याएका छन् । उनले कांग्रेसका दीपकुमार उपाध्यायलाई पराजित गरेका हुन् ।
मोरङ–९ मा कांग्रेसका डिकबहादुर लिम्बु विजयी भएका छन् । लिम्बुले १५ हजार २ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम खतिवडाले १२ हजार ९ सय ८९ मत पाएका छन् ।
सुनसरी–६ बाट एमालेका भीमप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले १४ हजार १ सय १ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबहादुर बस्नेतले ११ हजार ८ सय १४ मत प्राप्त गरे ।
कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला झापा–३ बाट निर्वाचित भएका छन् । उनले १४ हजार ३ सय ५५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा नेपालका राजेन्द्र लिङ्देनले ९ हजार २ सय ५३ मत पाए ।
सिन्धुलाल्चोक–३ बाट एमालेका शेरबहादुर तामाङसँग विजयी भएका छन् । तामाङले १४ हजार ५ सय २६ मत पाएका छन् । उनले राप्रपाका पशुपतिशमशेर राणालाई पराजित गरेका हुन् । राणाले १२ हजार ९० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया