काठमाडौ, ५ मसिर । काठमाण्डौको भोटेबहालमा अज्ञात समूहले राखेको बम विष्फोट हुँदा एक बालक घाइते भएका छन् । टेकु र भोटेबहालबीचको सडकखण्डमा राखिएको बम खेलाउँदा आठ वर्षीय समिर खड्गी घाइते भएको प्रहरीले जनाएको छ ।
सो विस्फोटक पदार्थ बालकले खेलाउँदा पड्किएको प्रहरीले जनाएको छ ।घाइते बालकको अहिले वीरअस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको दावी छ । देशका चितवन, दाङ, दैलेखलगायत जिल्लामा निर्वाचन विरोधी गतिविधि तथा जनतालाई त्रसित बनाउने कार्यमा संलग्न अहिलेसम्म ५६
जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया