मुम्बई : सञ्जय लीला भन्साली निर्देशित चलचित्र ‘राम–लीला’ले प्रदर्शनको दोस्रो दिनमा ३३ करोड कमाउँदै ऋतिक रोशनको ‘कृष–३’को रेकर्ड नै तोडेको छ । अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण अभिनीत चलचित्र ‘राम–लीला’ले प्रदर्शन भएको शुक्रबार र शनिबारको दिनमा चलचित्र ‘कृष–३’सँगै चलचित्र ‘य जवानी है दिवानी’को कमाइलाई पछि पारिदिएको छ ।
‘गोलियोका राशलीला रामलीला’को सुरुवाती नाममा हिन्दूवादी संघसंस्थाले विरोध जनाएपछि ‘राम–लीला’मा छोट्टयाइएको थियो । चलचित्र सुरुवाती देखिकै यस्तै आलोचना खेप्दै आएकाले चलचित्रको प्रमोसन बढी नै भएको थियो ।
चलचित्रका निर्माताले करिव ५० करोडको कमाई गर्ने अनुमान लगाएका थिए । यस सफल्तामा निर्देशक संजय लिला भन्साली खासै सन्तुस्ट रहेका छैनन् । यस्तै किसिमले व्यापार गर्दै जाने हो भने चलचित्र राम–लिलाको कमाई धेरै राम्रो हुने र धेरै रेकर्डपनि बनाउन सक्ने भारतिय सञ्चार माध्ययमहरूले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया