दुर्घटनामा एमाओवादी कार्यकर्ताको मृत्यु

maobadiओखलढुङ्गा, १ मंसिर । चुनावी सभामा जाने क्रममा बस दुर्घटनामा परेर एमाओवादीका एकजना कार्यकर्ताको मृत्यु भएको छ । दुर्घटनामा एमाओवादीका केन्द्रीय सदस्य, उम्मेदवारसहित २७ समर्थक घाईते भएका छन् ।

ओखलढुङगाबाट निसंखेका लागि छुटेको ना २ ख ३२११ नम्बरको बस आज (शनिबार) ठूलाछापको छरछरे भीरबाट खसे पछि एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा केन्द्रीय सदस्य राम कार्की र ओखलढुंगा क्षेत्र नम्बर १ का उम्मेदवार केशव राईलगायतका नेता तथा कार्यकर्ता घाईते भएको एमाओवादीले जनाएको छ ।

मृत्यु हुनेमा कृष्ण कटुवाल रहेका छन् । उषक कटुवाल, बिबश बिसीसहित ५ जनाको अवस्था गम्भीर छ । बस सडकबाट करीव दुई सय मिटर तल भिरबाट खसेको एमाओवादीका केन्द्रीय सदस्य बालकृष्ण ढुंगेलले बताए ।

प्रतिक्रिया