काठमाडौ : लामो दूरीका भाडाका सवारी साधनको टिकट बुकिङ बुधबारदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले खुला गरेको छ ।
आन्दोलनरत दलले यही २५ कात्तिक देखि नेपाल बन्दको आह्वान गरेपछि महासङ्घले २४ गतेदेखि नै बुकिङ स्थगन गरेको थियो । यातायात व्यवसायीले सवारी साधन सञ्चालन गर्दा तोडफोड तथा क्षति भएमा सरकारले ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने भएपछि महासङ्घले बुधबार देखि बुकिङ खुला गरेका हुन् ।
सवारी साधनको पाँच लाखसम्मको बीमा १५ दिनभित्रमा, १० लाखसम्मको ३० दिनभित्रमा र सोभन्दा बढीको ४५ दिनभित्रमा बीमा उपलब्ध गराउन यात्रुलाई आवश्यक उपचार नि:शुल्क उपलब्ध गराउन सरकार सहमत भएकाले बुधबारदेखि लामो दूरीका सवारी साधनको बुकिङ खुला गरिएको कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनले अहिले करिब पाँच सय सवारी साधन बसपार्कमा रहेको उल्लेख गर्दै यात्रुले टिकट लिएको खण्डमा यात्रुलाई गन्तव्यमा पुर्याउने दायित्व व्यवसायीको भएको बताए । (सौस)
प्रतिक्रिया