काठमाडौं, २४ कात्तिक । सर्वोच्च अदालतले प्रहरी अरिक्त महानिरीक्षकमा बढुवा भएका उपेन्द्रकान्त अर्यालयका बिरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको छ ।
सर्वोच्चमा आज (आइतबार) भएको सुनुवाईका क्रममा न्यायाधीश तर्कराज भट्टको एकल ईजलासले अर्यालको बढुवा बिरुद्ध अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको हो ।
नायव महानिरीक्षक पार्वती थापाले आफू भन्दा कनिष्ठलाई सरकारले बढुवा गरेको भन्दै निर्णय रोक्न मागसहित सर्वोच्चमा बिहीबार रिट दायर गरेकी थिईन् । रिटमा उनले अर्यालको बढुवालाई कानून विपरित रहेको दाबी गरेकी छन् ।
सर्वोच्चको निर्णयसँगै अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा हुन बाटो खुलेको छ । वर्तमान प्रहरी महानिरीक्षक कुवेरसिंह राना आजैदेखि अनिर्वाय बिदा बसेका छन् । उनी कात्तिक–२९ गते अवकास पाउँदै छन् ।
प्रतिक्रिया