काठमाडौं, ९ कात्र्तिक । मधेशी जनअधिकार फोरम नेपाल,लोकतान्त्रीकका अध्यक्ष एव पुर्व गृह मन्त्री विजय कुमार गच्छदारले प्रमुख तिन दलले नै संविधान नचाहेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा शुक्रबार चुनावी सभालाई सम्वोधन गर्दै गच्छेदारले एमाओवादी , कांग्रेस र एमाले सत्ता र कुर्सीकको लोभमा रहेकोले संविधान नबनेको दावी गरे । गच्छदारले एमाओवादी , कांग्रेस र एमाले नै संविधान नबन्नुका प्रमुख कारक रहेको जिकीर गरे । उनले विना नामको ११ प्रवेश सहितको संविधान जारी गर्न खोज्दा आफनो पार्टीले मधेशी जनता माथी धोका दिने किसीमको संविधानमा नमान्दा संविधान नबनेको समेत दावी गरे । तिन ठुला दलले मधेशी जनता लाई धोका दिने गरी एधार प्रवेशमा सहमती जनाएर नामाङगकन नगरी संविधान निर्माण् गर्न खोज्दा आफुले स्वीकार नगरेका स्पष्ट पादै अध्यक्ष गच्छेदारले आफुले गर्दा दोस्रो संविधान सभाको निर्वाचन हुन लागेको बताए ।
प्रतिक्रिया