निर्धारित समयमै बुढीगण्डकी निर्माण सकिने

budiganakiकाठमाडौ, २४ असोज । लक्ष्य अनुसार बुढीगण्डकी जलविद्युत् आयोजना निर्धारीत समयमै सकिने भएको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले बुधबार आयोजना गरेको कार्यक्रममा सरकारले समेत राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाएको आयोजनाले आगामी ८ वर्षभित्र पूर्णता पाउने र आयोजनाबाट ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने जानकारी दिए ।
गोरखा र धादिङ जिल्लाको बीचबाट बग्ने बुढीगण्डकी नदीमा आयोजना गरिने आयोजना जलाशययुक्त परियोजना भएकाले हिउँदको समयमा समेत पर्याप्त विद्युत् उत्पादन हुने, भ्याएसम्म नेपाली श्रम, सीप र पुँजीको प्रयोगबाट आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले नेपालको दिगो विकास र लोडसेडिङ अन्त्यका लागि बुढीगण्डकी आयोजना कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनले जलविद्युतमा विदेशी लगानीको वातावरण बनाउन सरकार क्रियाशील भइरहेको जानकारी दिँदै समग्र जलविद्युत् क्षेत्रकै पुनर्संरचना गर्न आवश्यक रहेकोमा जोड दिए ।
आयोजनाका कार्यकारी अध्यक्ष डा लक्ष्मीप्रसाद देवकोटाले उच्चतम प्रतिफल आउने गरी समयमै आयोजना पूरा गर्न र आयोजनालाई विकासका अन्य आयामसँग जोड्ने लक्ष्यसहित काम अगाडि बढाइएको बताए । कार्यक्रममा बुढीगण्डकी आयोजनाका बारेमा आयोजनाको परामर्शदाता फ्रान्सको ट्राक्टवेल इञ्जिनियरिङ कम्पनी र नेपाल विद्युत् प्राधिकरणका तर्फबाट आयोजनाका बारेमा प्राविधिक कार्यपत्र प्रस्तुत गरिएको थियो ।
चार जलबिद्युत आयोजनालाई अनुमति
काठमाडौं : ऊर्जा मन्त्रालयले ४५ मेगावाट क्षमताका चार आयोजना निर्माण गर्न अनुमति दिएको छ । नेपाल विद्युुत प्राधिकरणले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी, रारा हाइड्रोपावरले दैलेखस्थित २ मेवाको पराजुली खोला १, छन्दी हाइड्रोपावर कम्पनीले लमजुङस्थित १ दशमलव ७ मेवाको छन्दीखोला र लोहरे हाइड्रोपावरले दैलेखस्थित २ दशमलव ४ मेवाको
लोहरेखोला परियोजनाको निर्माण लाइसेन्स पाएका हुन् ।
त्यस्तै तीन वटा प्राइभेट प्रवद्र्धकले विद्युत प्राधिकरणसँग पीपीए गरिसकेका छन् भने फाइनान्सियल क्लोजर एक वषर््ाभित्र सम्पन्न गर्ने शर्तमामा उनीहरुलाई लाइसेन्स दिएको हो । प्राधिकरणले निर्माण गर्ने त्रिशुली थ्री बी मा ५ अर्ब रुपैयाँ लागत पर्ने अनुमान छ । यस आयोजनामा त्रिशुली थ्री एको पानी सिधै टेलरेसबाट ल्याइने हुँदा बाँध आवश्यक पर्दैन । निजी क्षेत्रको लोहरेखोलाको लागत ६६ करोड रुपैयाँ रहेको छ, जुन २ वर्षमा निर्माण हुने प्रवद्र्धकको भनाइ छ । पराजुली खोलाको निर्माण अवधि पनि २ वर्ष र लागत ३५ करोड रहेको छ । त्यस्तै, छन्दीखोलाको लागत अनुमान २९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया