‘द प्रोफेसन’ बजारमा

book-bimochanशैक्षिक वार्षिक पत्रिका ‘द प्रोफेसन’ अंक दुईको शुक्रबार विमोचन गरिएको छ । चलचित्र निर्देशक एवं साहित्यकार प्रकाश सायमीले ब्राइट फ्युचर कलेज सातदोबाटोमा आयोजित एक समारोहका बीच प्रत्रिकाको विमोचन गरेका हुन् । विभिन्न शैक्षिक ज्ञान विज्ञानसम्बन्धी खोजमूलक लेख एवं साहित्यिक सामग्री समावेश रहेको सो पत्रिकाको प्रकाशक ब्राइट फ्युचर कलेज रहेको छ ।
विमोचन समारोहमा चलचित्र निर्देशक सायमीले मुलुकमा बौद्धिक जमात निमार्ण गर्नका लागि यस किसिमका पत्रिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै शिक्षक विद्यार्थी र सरोकारवाला पक्षलाई प्राज्ञिक उन्नयनमा सहयोग पुर्‍याउने विचार व्यक्त गरे । प्रोफेसन पत्रिका विमोचन तथा दसँैतिहारको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा गायकहरू सञ्जय चौधरी, हिमाल सागर, कमल खत्री, गायिका सरू पराजुली, हाँस्यकलाकार राजा राजेन्द्र पोखरेल आदिले आ–आफ्नो प्रस्तुति राखेका थिए । (सौस)

प्रतिक्रिया