एमाओवादी चुनाव सार्ने षड्यन्त्रमा : ओली

KP Oliचितवन, ३० भदौ । एमालेका नेता केपी ओलीले एमाओवादीले आफ्नो पक्षमा जनलहर नदेखेर चुनाव सार्ने खेलमा लागेको आरोप लगाएका छन् ।
चितवनमा युवा संघ नेपालको बन्द सत्रलाई आज (आइतबार) सम्बोधन गर्दै नेता ओलीले एमाओवादी चुनाव सार्न विभिन्न षड्यन्त्रमा लागेको बताए ।
‘जनलहर नदेखेपछि एमाओवादी एउटै दाउमा लागेको छ,’ उनले भने, ‘त्यसका लागि वैद्यजीको आड देखाएर चुनाव विरोधी गतिविधि गरेको छ ।’
उनले एमाओवादीको चुनाव विरोधी षड्यन्त्रलाई निस्तेज पार्न सबै दल एकजुट हुनु पर्ने बताए ।
एमालेका महासचिव इश्वर पोखरेलले लोकतान्त्रिक पक्षधरहरुको मार्चा बन्दी गरेर निर्वाचनमा जानु पर्ने बताए । उनले लोकतान्त्रिक शक्तिहरुको दुईतिहाई बहुमत नआएसम्म संविधान बन्न नसक्ने बताए ।

प्रतिक्रिया