दोलखामा मोर्चाको बन्दको ‘प्रतिकार’

दोलखा, ३० भदौ । निर्वाचन विथोल्ने अभियानमा लागेको नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आह्वान गरेको ताम्सालिङ बन्दको दोलखामा प्रतिकार भएको छ ।
स्थानीय प्रतिकारमा उत्रिए पछि जिल्लामा सुरक्षा व्यवस्था उच्च बनाईएको प्रमुख जिल्ला अधिकारी प्रलाहद पोखरेलले जानकारी दिए । उनले अप्रिय घटना नहोस भनेर उल्लेख्य सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आज (आइतबार) दोलखा, काभ्रे, सिन्धुपाल्चोकसहितका १० जिल्लामा बन्द आब्हान गरेको हो ।
सदरमुकाम चरिकोटमा बन्दको चर्को प्रतिकार भएको स्थानीयले बताए । चरिकोटको सातदोबाटो क्षेत्रमा स्थानीय व्यापारीले विहानै बन्दको प्रतिकार गरेका हुन् । बन्दको प्रतिकार भए पछि चरिकोट केही समय तनाव पूर्ण भएको थियो ।
प्रतिकारमा स्थानीय उत्रिए पछि झडप हुन नदिन स्थानीय प्रशासनले उच्चसतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । बन्द सफल बनाउन सडकमा उत्रिएका ३३ दलीय मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
चरिकोट बजारका पसल, शैक्षिक संघ/संस्था, यातायात र कलकारखाना खुलेका छन् । जिल्लाको जनजीवन सहज हुँदैछ ।

प्रतिक्रिया