बिद्यालय पढ्न गएकी बालिका बलात्कृत

Balatkar 4बझाङ, ३० साउन । बझाङ जिल्लामा बिद्यालयबाट घर फर्कदैं गरेकी सातवर्षीया बालिका बलत्कार गर्ने सिंहबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो एक बजे बिद्यालयबाट घर फर्कदैं गरेकी कमला शाही (नाम परिवर्तन)लाई सुवेडा–४ का ५८ बर्षीय थापाले बलत्कार गरेको प्रहरीले जनाएको छ । बलत्कार पछि सातवर्षीय बालिका रुदै घर पुगेकी थिईन् ।
बलत्कारका कारण पीडा सहन नसके पछि कमलाले अभिभावकलाई घटनाका बारेमा जानकारी गराएकी थिईन् ।
थापाले ललाई फकाई आफ्नो घरमा लगेर बलत्कार गरेको उजुरी कमलाका बाजेले प्रहरीमा गरेका थिए । उजुरी परे लगत्तै बाजुरा बिमानस्थल सुरक्षा गार्डले थापालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया