काठमाडौं, २४ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
सिंहदरबारमा अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई आज (बिहीबार) आयोगका अध्यक्ष ताहिर अली अन्सारीले प्रतिवेदन बुझाएका हुन् ।
आयोगले अघिल्लो संविधानसभाकै २ सय ४० निर्वाचन क्षेत्रलाई यथावत राखेर प्रतिवेदन बुझाएको हो । आयोगले अन्तर्राष्ट्रिय परम्परा अनुसार दश वर्ष भित्र क्षेत्र निर्धारण नहुँने उल्लेख रहेको जनाएको छ ।
प्रतिक्रिया