यूवतीको चक्करमा व्यापारी अपहरणमा

hatkadiकाठमाडौं, १३ बैशाख । व्यापारी राजेशकुमार अग्रवाललाई अपहरण्  गरी दुई करोड रुपियाँ फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले फिरौती माग्ने समुहका जमिल उल्ला र मोहम्मद नसिरुद्धिनलाई प्रक्राउ पछि आज महानगरीय आयुक्त कार्यालय रानीपोखरीमा सार्वजनिक गरेको हो । वैशाख ९ गते कलंकीबाट अपहरण मा परेका अग्रवालका परिवारसंग दुई करोड रुपियाँ माग गरिएपनि प्रहरीले फिरौती बुझाउनु अघि नै उनलाई मुक्त गराउन सफल भएको हो । अग्रवाललाई कीतिर्पुरको एक घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले बिहीबार मुक्त गरेको अपराध महाशाखा प्रमुख विजयलाल कायस्थले बताए ।
व्यापारी अग्रवाललाई महिलाको प्रयोग गरेर अपहरणकारीले अपहरण गरेको प्रमुख कायस्थले बताए । प्रहरी अनुसार उनलाई कलंकीस्थित बाबा पेट्रोल पम्पमा बोलाई कीतिर्पुर पुर्‍याई बन्धक बनाई राखेका थिए ।

प्रतिक्रिया