सुनको भाउमा एकदैनि तीन हजार गिरावट

Goldकाठमाडौं, ३ वैशाख । सुनको भाउमा आज पनि तीन हजार रुपियाँले पुन: गिरावट आएको छ । नेपाली बजारमा सुन तोलाको ४९ हजार ५ सय रुपियाँमा कारोवार भएको सुन चाँदी ब्यवसायी संघले जनाएको छ ।
सोमबार सुन तोलाको ५२ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो । आज एकैदिन तोलामा ३ हजार रुपियाँले कमी आएको हो ।
सोमबार सुनको भाउमा ३ हजार ३ सय रुपियाँले कमी आएको थियो । भाउ घटे पनि बजारमा सुन पाईन छाडेको छ । सुन पसल र व्यवसायीले सुनको अभाव देखाउँदै कारोवार गर्न छाडेको उपभोक्ताको गुनासो छ ।
चाँदीमा पनि प्रतितोला ३६ रुपियाँले कमी आएको छ । आज चाँदी ८ सय ९८ रुपियाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसंगै स्थानीय बजारमा पनि सुनको मूल्यमा गिरावट आएको नेपाल संघले जनाएको छ । अमेरिकी डलरको भाउमा आएको उतार चढावसँगै सुनचाँदीको मूल्यमा पनि कमी आएको संघले जनाएको छ ।

प्रतिक्रिया