बाढीले रसुवागढी नाकाको मितेरी पुल बगायो, बन्दरगाहमा राखिएका गाडी बगे

काठमाडौँ । भोटेकोशीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ ।

प्रहरीकाअनुसार चीनतर्फबाट आएको बाढीले ठूलो क्षति पुगेको छ । मितेरी पुल बगाएको छ । ड्राइपोर्टमा रहेका ईभी पनि बगाएको छ । तल्लो बेल्टका स्थानीयलाई सुरक्षित स्थानमा सर्न भनिएको छ । क्षति ठूलो भए पनि तथ्यांक आउन बाँकी छ ।

प्रतिक्रिया