काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्ति अनुसार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको हो ।
संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज बिहान बसेको संसदीय समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा वरिष्ठ अधिवक्ता पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश थापालाई अनुमोदन गरेको थियो ।
प्रतिक्रिया