काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा गएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने गरेका हुन् ।
बेइजिङमा हुने मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनालले हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ । सो क्रममा उनले त्यहाँका आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी,नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
हेनान भ्रमणको अन्त्यमा उनले सीपीसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् । हेनानको कार्यक्रम सकेर नेता खनाल जुलाई ९ मा चीनको राजधानी पुग्ने कार्यक्रम छ । १० जुलाईमा उनले दुईवटा सत्रलाई सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया