राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले पायो नयाँ १५ सदस्यीय कार्यसमिति

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोछ । शनिबार सम्पन्न भएको कार्यक्रमबाट राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने दिपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सुजाता केसी सहमतिमा उपाध्यक्ष साथै सनम कठायत निर्विरोध महासचिव पदमा निर्वाचित भएको अध्यक्ष बजगाईँले जानकारी दिए । त्यसैगरी गायिका रिता केसी सचिव सहमतिमा निर्वाचित भएका छन भने बेनिशा पौडेल महिला सचिव, प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै मनोज परियार, बिरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गिता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डिजी र प्रज्वल राज भट्ट सदस्यमा निर्विरोध निर्वाचित भएको अध्यक्ष बजगाईँले बताए । १७ सदस्यीय कार्य समितिमा बाँकी २ सदस्य भने नयाँ कार्यसमितिले चयन गर्ने बताइएको छ ।

कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकारहरु राजु सिंह, डा. टिका भण्डारी, माधवराज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा. ओम कृष्ण प्रसाईं, बिबी थापा, राजेन्द्र लुईटेल लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थापाले गीत संगीतको विकृति विसंगती नियन्त्रणमा कटिबद्ध भएर लाग्ने बताए । साथै, प्रतष्ठानका नवनिर्वाचित महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरुमा बढेको नैराश्यतालाई सम्बोधन गरि केही रचनात्मक कार्यक्रमको थालनी गर्ने बताए ।

प्रतिक्रिया