सुगम र समीक्षाको ‘माया बस्यो’ सार्वजनिक

काठमाडौँ । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘माया बस्यो’ सार्वजनिक भएको छ । सरगम घतानको शब्द रहेको गीतमा योगेश काजी शाहको संगीत तथा एरेन्ज छ ।

भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय देख्न सकिन्छ । प्रेमिल जोडीको प्रेम ब्यक्त गरिएको भिडियोमा प्रेमकथा देखाइएको छ । भिडियोमा कोरियोग्राफी रोशन विश्वकर्माको छ ।

प्रतिक्रिया