काठमाडौँ । दृष्टि न्युजविरुद्धको अदालतको अवहेलना मुद्दामा विशेष अदालत बारले ३ जना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी पठाएको छ । विशेष अदालत बारका अध्यक्ष टीकाबहादुर कुँवरले एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, रविनारायण खनाल र भीमार्जुन आचार्यको नाम प्राप्त भएको बताए ।
उक्त अवहेलना मुद्दाको असार २२ गते बहस तथा सुनुवाइमा एमिकस क्युरीका सदस्यहरूले आफ्नो राय दिनेछन् । असार १० गते विशेष अदालतले दृष्टि न्युज अनलाइनलाई अदालतको अवहेलना मुद्दामा समाचार यथाअवस्थामा राख्दै ३ दिनभित्र जबाफ पेस गर्न आदेश दिएको थियो ।
त्यस्तै असार १२ गते भएको आदेशमा विशेष अदालतले दृष्टि साप्ताहिकका प्रकाशक तथा सम्पादक शम्भु श्रेष्ठ र दृष्टि न्युज अनलाइनका सम्पादक एमपी सुब्बालाई जनही २५ हजार धरौटी माग गरेको थियो । उनीहरू दुवै जना जनही २५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए ।
प्रतिक्रिया