काठमाडौँ । सन् २०२५ को ६ महिनामा ५ लाख ७७ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को ६ महिनामा (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६८९ पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोही अवधिमा भने ५ लाख ८३ हजार पर्यटक नेपाल आएका थिए । सन २०१९ को ६ महिनामा भने ५ लाख ७३ हजार पर्यटक आएका थिए ।
२०२५ जुनमा ७६ हजार ४२४ पर्यटक आएका छन् । यो महिना भने यो अहिलेसम्मकै धेरै पर्यटक आएको देखिन्छ । २०२४ जुनमा ७६ हजार ३३३ पर्यटक आएका थिए । २०२३ मा ७२ हजार २५० आएका थिए ।
यस वर्ष जुन महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतीयको संख्या ३२ हजार ६६२ छन् । दोस्रोमा अमेरिकीबाट पर्यटक आएका छन् । अमेरिकाबाट ९ हजार ९६९ जना आएका छन् । त्यस्तै, यो महिनामा ६ हजार ७३६ चिनियाँले नेपाल भ्रमण गरेका छन् ।
यसबाहेक बंगलादेशी ५ हजार ४४९, बेलायती २ हजार २८४, अस्ट्रेलियाबाट १ हजार ८३१, मलेसियाबाट १ हजार ३४८, भुटानबाट १ हजार १६७, जापानबाट १ हजार १९ र फ्रान्सबाट १ हजार २ पर्यटक आएका छन् ।
२०२५ को जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा १ लाख २१ हजार ६८७, अप्रिलमा १ लाख १६ हजार ४९०, मे महिनामा ८६ हजार २१६ र जुन महिनामा ७६ हजार ४२४ जना नेपाल आएका छन् ।
प्रतिक्रिया