काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । शनिबार मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसर एवं भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’ का विचार गोष्ठीमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अबको समय फेरि एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने घोषणा गरेकी हुन् ।
घोषणा गर्दै पूर्वराष्ट्रपति भण्डारीले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताएकी छन् । उनले फेरि एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको बताएकी छन् ।
भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ उनले एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा भने नभएको बताइन् ।
‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो, जननेताले भन्ने गर्नुहुन्थ्यो, जनता भनेका भगवान हुन्, साथै उहाँले भन्नुभएको थियो, राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’
यस्तो छ सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै पूर्वराष्ट्रपति भण्डारीको सम्बोधन (पूर्णपाठ)
प्रतिक्रिया