मदन भण्डारीको ७४औँ जन्मजयन्तीमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी सहभागी

काठमाडौं । जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले यहाँ अयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी सुरु भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रुपमा सहभागी छन् ।

एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा सवारी दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया