सुदूरपश्चिम । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरूलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको शुक्रबार बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही ११ असारमा कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट उद्धार गरिएको घटनालाई गम्भीर रूपमा लिन ध्यानाकर्षण गराए ।
भारतस्थित नेपाली राजदूतावास, किन भारत, स्थानीय प्रशासन, शुभ अवसरग्राम नेपाल नामको संस्थाको संयुक्त पहलमा बन्धक बनाइएका नेपालीको उद्धार भएको जानकारीमा आएको धामीले बताए ।
आकर्षक रोजगारीको प्रलोभनमा परी भारत पुग्दा संगठित गिरोहद्वारा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार गरी बिहीबार नेपाल ल्याइएको थियो । मानव बेचबिखनविरुद्ध क्रियाशील गैरसरकारी संस्था ‘किन इन्डिया’, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उत्तराखण्ड प्रहरीले गत बुधबार उत्तराखण्डको उधमसिंह नगर जिल्लाको रुद्रपुरमा बन्धक बनाइएका २३ जनाको उद्धार गरेको हो । यसअघि गत साताको बिहीबार उधमसिंह नगरको काशीपुरबाट ३५ जना नेपालीको उद्धार गरिएको थियो ।
२ साताभित्र उद्धार गरिएका नेपालीहरूको भनाइअनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी भारत पु¥याउने र बन्धक बनाएर रकम असुल्ने नयाँ प्रवृत्ति देखापरेको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । यो कामका लागि संगठित गिरोह नै सक्रिय रहेको उनीहरूको आशंका छ ।
प्रतिक्रिया