काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले अब आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवा तथा सुविधामा १५ प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । यो सुविधा बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्ट प्रालिबीच भएको आपसी समझदारीपछि लागू गरिएको हो । सम्झौतामा ग्लोबल आइएमई बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार, बैंकका डेबिट तथा क्रेडिट कार्डधारी ग्राहक तथा ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ प्रयोगकर्ताले आइएमई हस्पिटालिटीअन्तर्गत संचालित होटल तथा रिसोर्टहरूमा १५ प्रतिशत छुट र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
आइएमई समूहको लगानीमा सञ्चालित होटल तथा रिसोर्टहरू – काठमाडौंको ‘होटल ले हिमालय’ र ‘साके एण्ड फेङ्ग रेस्टुरेन्ट’ लाजिम्पाट, बागलुङको ‘इला कम्फर्ट’, गैडाकोटको ‘इला होटल एण्ड रिसोर्ट मौलाकाली’ तथा पोखराको ‘लेकसाइट रिट्रीट’ – आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूबीच लोकप्रिय छन् ।
प्रतिक्रिया