वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन् । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ ।
यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन्, फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो ।’
उनले थपे, ‘सामान्य रुपमा बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो ।’ यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यसले इरानको आणविक कार्यक्रमलाई कडा धक्का पुर्याएको हो । राष्ट्रपति ट्रम्पको यस अभिव्यक्तिपछि इरानले प्रतिक्रिया दिने तयारी गरिरहेको देखिन्छ ।
प्रतिक्रिया