संसदबाट बाहिरियो रास्वपा, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् । सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।

प्रतिक्रिया