काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको बन्दको मारमा यात्रु परेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गरेको सार्वजनिक यातायात बन्दका कारण यात्रु अलपत्र परेका हुन् ।
शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा आएका करिब १५ सय जना परीक्षार्थीलाई प्रहरीको स्कटिङमा पर्यटक बस र स्कुलमा मुग्लिन पठाइएको छ । पोखराबाहेक अन्य ठाउँमा पनि यात्रु अलपत्र परेका छन् ।– तस्विरहरु नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया