प्रधानमन्त्री ओली अस्वस्थ भएपछि संसदमा प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार (आज) बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यका कारण आज प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने जानकारी गराउनुभएको छ । आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर अर्को दिन हुनेछ,’ बर्तौलाले भने । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।

प्रतिक्रिया