शुभकालिका– २ का २ विद्यालयको गुनासोसम्बन्न्धी तालिम

कालिकाेट । शुभकालिका गाउँपालिका वडा नम्बर २ का २ वटा विद्यालयमा गुनासो सुनुवाई तथा व्यवस्थापन संयन्त्र तालिम सम्पन्न भएको छ ।

श्री जनता माध्यमिक बिद्यालय र श्री कालिका माध्यमिक विद्यालय बालाचौरका १४ जनालाई गुनासो सुनवाई तालिम प्रदान गरिएको हो । उक्त समितिमा जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ लगायतको उपस्थिति रहेको थियो ।

आवाज संस्थाको आयोजनामा ,युरोपेली संघको आर्थिक सहयोग र सयुक्त राष्ट्र सघिीय निकाय हरू UNFPA,UNICEF,ILO and UN WOMAN को सयुक्त अभियानमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत सकारात्मक लैंगिक मापदण्डहरूको प्रर्बदन लैंगिक हिसांको रोकथाम र यसका सेवाहरूमा पहुँच अभिवृद्धि परियोजना अन्तरगत शुभकालिका गाउँ पालिका वडा नं २ को वडा कार्यालयमा २ दिने विद्यालयमा गुनासो सुनुवाई तथा व्यवस्थापन समितिलाई संयन्त्र तालिम को आयोजना गरिएको हो । कार्यक्रम मबहादुर शाहीको अध्यक्षतामा सुरु भएको हो ।

तालिममा शुभकालिका गाउँपालिका शिक्षा शाखा प्रमुख नमराज आचार्यले तालिमको सहजीकरण गर्दै सामुदायिक विद्यालयमा रहेका गुनासो पेटिकालाई नियमित सञ्चालन गरी गुनासो रहित विद्यालय बनाउन समितिलाई अनुरोध गरेका छन् ।
तालिमको सहजीकरण सामाजिक परिचालक विपना अधिकारी गरेकी हुन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया