पाँचथर । बन्दुक पड्किएर फिदिम नगरपालिका ९ का २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको छ । फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडास्थित जंगलमा भरुवा बन्दुक पड्किएर उनकाे मंगलबार मृत्यु भएकाे हाे ।
छिमेकी ३३ वर्षीय मनबहादुर सम्बाहाम्फेसँगै बन्दुक लिएर जंगल गएका मगरको बन्दुकको गोली लागेर मृन्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।
पेटमा गोली लागेका मगरलाई प्रहरी चौकी नवमीडाँडावाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । अस्पताल पुर्याए लगत्तै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनापछि फरार रहेका मनबहादुर सम्बाहाम्फेलाई भरुवा बन्दुक सहित बुधबार गिरफ्तार गरिएको प्रहरी निरीक्षक तामाङले बताए । उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।
प्रतिक्रिया